aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

चीनद्वारा स्वास्थ्य बीमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ मंसिर २०७७
चीनद्वारा स्वास्थ्य बीमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

एजेन्जी । चिकित्सा संस्था र बिमादारहरूको अधिकार र जिम्मेवारी परिभाषित गर्ने मेडिकल बीमा कोषसम्बन्धी एक प्रमुख मस्यौदा नियमावलीलाई चिनियाँ राज्य परिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको छ ।

मस्यौदाले मेडिकल विधेयकहरूको समयमै व्यवस्थापन गर्नुका साथै विमा कोषहरूको तुरून्त बाँडफाँडको काम गर्नेछ । यसले बीमा जालसाझीलाई विभिन्न माध्यमबाट जरिवाना र मेडिकल प्रमाणपत्र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ । 

बेइजिङ, तियानजिन, हेबेईलगायतका १० प्रान्तस्तरीय क्षेत्रले मेडिकल–विमा कोषहरूको सुपरिवेक्षणका लागि वैधानिक विशेष संस्थाको गठन गरिसकेका राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासनले जनाएको छ । 

“सेवामुखी यस मस्यौदाको उद्देश्य मेडिकल बीमा कोषको जनताको वैधानिक अधिकारको रक्षा, चिकित्सा बीमा कोषहरुको निरीक्षण र सुदृढीकरणको रहेको छ,” राष्ट्रिय स्वास्थ्य सुरक्षा अनुसन्धान संस्थानका सह–व्यवस्थापक यिंग याझेनले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस