aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ह्वाइट हाउस नछिर्दै बाइडेनलाई तनाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ मंसिर २०७७
ह्वाइट हाउस नछिर्दै बाइडेनलाई तनाव

एजेन्सी।  राष्ट्रपति बनेर व्हाइट हाउस प्रवेश नगर्दै जो बाइडेन पारिवारिक कारणले तनावमा परेका छन्। उनका विवादास्पद छोरा हन्टर वाईडेनको चीन र युक्रेनमा भएको व्यापारिक कारोबारको पर्दाफास भएको छ। त्यति मात्र नभएर उनिमाथी कर छली सम्बन्धी अभियोगमा समेत छानविन भैरहेको खुलासा भएको छ। 

उनी माथी अनुसन्धान गरिरहेका अधिकारीहरुका अनुसार हन्टरसँग सम्बन्धित धेरै वित्तीय अपराधहरूको अनुसन्धान भइरहेको छ। जसमा उनले वा उनका साथीहरूले विदेशी देशहरूमा व्यापारिक कारोबारमा कर र पैसालाई दुरुपयोग गर्ने कानूनको उल्लंघन गरे कि गरेका छैनन् भन्ने पनि हेरिंदैछ। 

उल्लेखनीय कुरा, जो बाइडेनलाई चुनावी कलेजले अर्को राष्ट्रपतिको रूपमा पुष्टि गर्ने अपेक्षा गर्नु अगाडि नै यस घटनाको खुलासा भएको थियो - जुन पूर्ण रूपमा अप्रत्याशित थियो।

यसबारे प्रतिक्रिया दिंदै हन्टर बाइडेनले एक विज्ञप्तिमा भनेका छन्, "मैले हिजो पहिलोपटक थाहा पाएँ कि डेलावेयरमा अमेरिकाको महालेखा कार्यालयले हिजो मेरो कानुनी सल्लाहकारलाई जानकारी दियो कि उनीहरूले मा माथि कर मामिलामा अनुसन्धान गरिरहेका छन्।" उनले अगाडी थपेका छन्," म यस विषयलाई गम्भीरताका साथ लिन्छु तर म विश्वस्त छु कि यी विषयहरूको व्यावसायिक र वस्तुगत समीक्षाले देखाउने छ  कि मैले मेरा मामिलाहरू कानुनी  रूपमा उचित सम्बोधन गरेको छु।"

यसैबीच, बाइडेन-ह्यारिस टोलीले एक विज्ञप्ति जारी गरेको छ कि बाइडेनलाई "आफ्नो छोराप्रति गर्व छ, जसले कडा चुनौतीहरूको सामना गर्नु परेको छ।" सीएनएनले जनाए अनुसार संघीय अधिकारीहरूले गरेको अनुसन्धानले हन्टरको चीनमा भएको व्यापारिक कारोबारमा ध्यान केन्द्रित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस