aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारत पनि चीनको साथमा अमेरिकालाई ठूलो झड्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
भारत पनि चीनको साथमा अमेरिकालाई ठूलो झड्का

एजेन्सी । भारतले अमेरिकालाई झड्का लाग्ने निर्णय गरेको छ । अमेरिकाबाट भारत आउने २९ वटा उत्पादनमा थप भन्सार शुल्क लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले थप शुल्क लगाएका वस्तुमध्ये कयौ खाद्य सामग्रीहरु रहेको जनाइएको छ । 

जसमा बदाम, ओखर, दालसमेत रहेका छन् । सबै उत्पादनमा यहि १६ जुनदेखि थप भन्सार शुल्क लाग्ने छ । यस विषयमा भारतको अर्थ मन्त्रालयले सूचना जारी गर्ने तयारी गरिरहेको बताइएको छ । अतिरिक्त भन्सार शुल्कबाट भारतलाई २१७ मिलियन अमेरिकी डलर थप राजस्व प्राप्त हुने लक्ष्य बनाएको छ ।  

स्मरणीय रहोस्, गत वर्षको मार्चमा अमेरिकाले स्टिलमा २५ प्रतिशत र अलमुनियममा १० प्रतिशत आयात शुल्क लगाएको थियो । उक्त उत्पादन अमेरिकामा निर्यात गर्नेमध्ये भारत प्रमुख देश हो । अमेरिकाको उक्त निर्णयले भारतको राजस्वमा ठूलो असर परेको थियो । त्यसैको प्रतिक्रिया स्वरुप भारतले २९ उत्पादनमा भन्सार शुल्क बढाएको विष्लेषण गरिएको छ । 

चीनले पनि अमेरिकाले आफ्ना उत्पादनहरुमा लगाएको अतिरिक्त भन्सार करको प्रतिउत्तरमा अमेरिकी कृषिजन्य उत्पादनहरुलाई प्रयोग नगर्ने नीति अवलम्बन गरिसकेको छ । अमेरिकी निर्यात अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको कृषिजन्य उत्पादनलाई विश्वको सर्वाधिक ठूलो जनसंख्या बोकेका चीन र भारत मुलु्कहरुले प्रयोग नगर्ने हो भने अमेरिकी कृषि उद्योग धरासायी हुने निष्कर्षमा प्ुगेका छन् ।

स्मरणरहोस् चीन र भारतको जनसख्या विश्वको आधाभन्दा बढी हो भने अर्को महत्वपूर्ण जनसंख्या यसअघि नै लगभग चीनको पोल्टामा पुगिसेको छ ।

प्रतिक्रिया दिनुहोस