काठमाडौं, वैशाख ६ । नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ । वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ सञ्चालन हुन लागेको हो । वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वमा संचालन हुने उक्त मेलामा विभिन्न चाइनिज युनिभर्सिटी र नेपाली कन्सलटेन्सको २५ वटा स्टल रहने छ ।
सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तत्र्रिmया हुने आयोजक चिनियाँ भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्की बताए। मेलामा दुवै देशमा सञ्चालन भइरहेको शिक्षा प्रणाली, अवसर र अनुभव आदान प्रदान गर्ने थलोको रुपमा यसलाई लिन सकिन्छ,’ कार्कीले भने ।
करिब १० लाख रुपैयाँ खर्चेर गर्न लागिएको उक्त मेलामा दुवै देशका गरी १० हजार अवलोकनकर्ताले भ्रमण गर्ने जानकारी संघले दिएको छ । मेला संचालन हुने दुई दिनमध्ये पहिलो दिन शैक्षिक स्टलहरूको अवलोकन र दोस्रो दिन अन्तत्र्रिmय कार्यक्रम हुनेछ ।
प्रतिक्रिया दिनुहोस