aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'मीशो' फेसबुकको लगानी तान्न सफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
'मीशो' फेसबुकको लगानी तान्न सफल

एजेन्सी । फेस बुकले भारतको एक कम्पनीमा लगानी गर्ने घोषणा गरेको छ । फेस बुकले भारतको इ–कमर्श स्टार्टअप मीशोमा लगानी गर्ने घोषणा गरेको हो । यो कम्पनी दुई जना इन्जिनेरिङका विद्यार्थीले शुरु गरेको कम्पनी हो । यो नै फेस बुकले भारतमा गर्न लागेको पहिलो कम्पनी बनेको छ ।   

मीशो भारतीय उद्योगीलाई सामाजिक सञ्जालमा जोडेर अनलाइन कारोबारमा स्थापित गर्न सक्षम प्लेट फर्म बनेको छ । फेस बुकले उक्त कम्पनीमा कति लगानी गर्ने भन्ने विषय भने खुलाएको छैन ।मीसो सन् २०१५ मा आइआइटी दिल्लीका दुई जना इन्जिनियर विदित आत्रे र सञ्जिव वरनवालले सञ्चालनमा ल्याएका हुन । यो कम्पनीमा यसभन्दा पहिला पनि शुनवेइ क्यापिटल र डीएसटी पार्टनस जस्ता कम्पनीबाट ६.५ करोड डलर फण्ड ल्याउन सफल भइसकेको छ ।  

न्यूज एजेन्सी आइएएनएसका अनुसार फेस बुक इन्डियाका प्रबन्धक र उपाध्यक्ष अजित मोहनले भने, ‘हामी भारत यहा तिव्र रुपमा बढिरहेको इन्टरनेट र यससँग सम्बन्धीत क्षेत्रको बारेमा उत्साहित छौं । मीशीमा लगानीका साथै हामी एक व्यवसायी क्षेत्रलाई प्रोत्साहन दिन चाहान्छौं । जुन प्रोत्साहनबाट भारतमा रोजगारी सृजना हो र यहा महिला उद्योमीहरु व्यवसायमा अगाडि आउन ।’

सन् २०१७ मा फेस बुकले महिलाद्धारा सञ्चालित कम्पनी शीलेड्स टेकको सहयोगका लागि एक कार्यक्रम शुरु गरेको थियो । मीशोका संस्थापक आत्रेका अनुसार, ‘मीशोले शुरुमा आइआइटीमा भएको थियो उक्त समयमा कम्पनीले चार वर्षमा देश भरमा १५ हजार सप्लायर्सलाई २० लाख पुन विक्रेतासँग जोडेको छ  ।’

प्रतिक्रिया दिनुहोस