aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउँछौँः अर्थमन्त्री पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ मंसिर २०७७
चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउँछौँः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’ 
   
अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण जति पनि असरहरु भएका छन् त्यसबाट अब हामीले कसरी बाहिर निस्किन सक्छौँ र पहिलाकै अवस्थामा फर्कन सक्छौँ भन्ने चुनौतीपुर्ण प्रश्न खडा भएको बताए । महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको पनि उनले बताए ।  
 
त्यस्तै, अर्थमन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ त्यो प्रहारलाई सहज गर्ने मात्र होईन सामना गर्न पनि सरकार लागि परेको बताए । यसका समाधानका लागि सरकार हात दिन मात्र होईन साथ दिन पनि तयार रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।      

प्रतिक्रिया दिनुहोस