aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अब पत्रकार पनि उद्यमशील बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ मंसिर २०७७
अब पत्रकार पनि उद्यमशील  बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आर्थिक क्रान्तिका निम्ति हरेक व्यक्ति व्यावसायिक हुनुपर्ने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।  

उनले भने, ‘आर्थिक क्रान्तिका निम्ति हामी हरेक व्यक्ति व्यावसायिक बन्नुपर्छ । पत्रकारहरु पनि उत्पादनमा जोडिनु पर्छ । पत्रकारहरु उत्पादन, उद्यमशिलतामा नजोडिने हो भने पत्रकारले उठाइरहने आर्थिक मुद्धा के हुन्छ ? त्यसैले हामी उत्पादनमा जोडिनु पर्छ । पत्रकारितालाई पनि उद्यमशिलतामा रुपान्तरण गर्नु पर्यो ।’ उनले थपे, ‘हामी श्रमजिवि पत्रकारले चाँही श्रम गरिरहने अनि लगानीकर्ताहरु मोटाइरहने हुनु हुँदैन । यो दुरी घटाउनु पर्छ ।’    

आफ्नो पेशा व्यावसायको गरिमा उच्च राख्न सधै सकारात्मक भूमिका खेल्न सञ्चारमन्त्री गुरुङले आग्रह समेत गरे । उनले भने, ‘आफ्नो पेशा व्यावसायको गरिमा उच्च बनाउन हाम्रै गतिविधि, कार्यशैली र हाम्रै दृष्टिकोषमा निर्भर हुन्छ । त्यसैले पत्रकारहरुले पनि आफ्नो गरिमालाई उच्च राख्न सधै सकारात्मक सोचका साथ अगाडि बढ्न आवश्यक छ ।’ 

प्रतिक्रिया दिनुहोस