aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ब्रेक्जिटपछिको व्यापार सम्झौता ‘अझै सम्भावना’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
ब्रेक्जिटपछिको व्यापार सम्झौता ‘अझै सम्भावना’

बर्लिन । यूरोपेली यूनियन (ईयू) बाट बेलायत बहिर्गमन भएपछि गरिने भनिएको व्यापार सम्झौता हुने अझै सम्भावना रहेको जर्मनी तथा आयरल्याण्डका विदेशमन्त्रीले शुक्रबार बताएका छन ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन र ईयूको उच्च नेतृत्वले व्यापार सम्झौता टारिने वातावरण देखिएको भनी धारणाहरू आइरहेको समय ईयू सदस्य राष्ट्रका ती विदेशमन्त्रीहरूले सम्झौताको सम्भावना रहेको बताएका हुन ।

जर्मनीका विदेशमन्त्री हेइको मासले भन्नुभयो, “सम्झौताका आधारहरू कठिन मोडमा रहेका भएपनि हामीले विश्वास गरेका छौं कि अझै सम्झौताको सम्भावना टरेको छैन ।” 

“सम्भावनाको चर खुला रहँदासम्म हामीले आशावादी रहनुपर्छ र वार्तालाई निरन्तरता दिनुपर्छ,” उनले आफ्ना जर्मन समकक्षी साइमन कोभेनीसँगको भेटपूर्व बर्लिनमा बताए । जर्मनीका विदेशमन्त्री कोभेनीले पनि बेलायतसँगको भविष्यको सम्बनध र व्यापार सम्झौता हुन अझै सम्भावना रहेको विश्वास व्यक्त गरे । एएफपी

प्रतिक्रिया दिनुहोस