aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।  

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको छ । जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो । 
 
अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आउनु भएको छ । त्यसप्रति असन्तुष्टि जनाउदै उनले विभिन्न राज्यका अदालतहरुमा मुद्धा दायर गररेका थिए । ती अदालतहरुले पनि ट्रम्पको मागलाई अस्विकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो ।     

प्रतिश्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै उनले नतिजा अस्विकार गर्ने संकेत गरेका थिए । सबै अदालतहरुले उनको मागलाई अस्विकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनसँग छैन । उनले आगमी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस