aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतको किसान आन्दोलन मुठभेडका स्थितीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
भारतको किसान आन्दोलन मुठभेडका स्थितीमा

एजेन्सी । भारतमा विगत १७ दिनदेखि जारी किसान आन्दोलन उत्कर्षमा पुग्दैछ । आइतबार राजधानी दिल्ली प्रवेश गर्ने प्रमुख राजमार्गहरु बन्द गर्ने तयारीमा किसानहरु सक्रिय भएका छन् । यसका साथै त्यहाँ मुठभेडको स्थिती देखा पर्ने सम्भावना बढेको छ । 

शनिबार किसानहरुद्धारा राज्यले सडक प्रयोगवापत लिदै आएको टोलप्लाजा शुल्क खारेज गर्दै गाडीहरुलाई सडकमा बिना शुल्क दौडने वातावरण बनाएका थिए । देशभरिका यस्ता ४५० टोलबुथहरु मध्ये १६५ वटामा किसानहरुद्धारा शुल्क खारेज गराइएको थियो । 

शनिबार साँझ राजस्थानबाट दिल्ली तर्फ गएको किसानहरुको समूहले हरियाणा राज्यको रेवाडीमा अवस्थित दिल्ली जयपुर राजमार्ग आइतबार बिहानैदेखि बन्द गराएको छन् । 

किसानहरुको जारी आन्दोलनलाई सम्बोधन गर्ने भन्दै मंगलबार सरकारले संसोधन गरेको कृषी कानुन खोरेज गर्दै भारतका किसानहरुले आफ्नो आन्दोलनलाई थप शसक्त बनाइरहेका छन् । 

किसान संघर्ष समितिका अध्यक्ष कमलप्रित सिंह पन्नुले एक पत्रकार सम्मेलन मार्फत केन्द्र सरकारद्धारा जारी तिन वर्ट ककृषी कानुन पुर्णरुपमा रद्ध नहुन्जेलसम्म छलफलसमेत अगाडि नबढाउने घोषणा गरेका छन् । 

सोमबार प्रमुख किसान नेताहरु एक दिने भोक हड्तालमा बस्ने र आन्दोलनलाई थप सशक्त बनाउने तयारीमा भारतको किसान आन्दोलन रहेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस