aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अहिले नै भ्याक्सिन नचाहिने अष्ट्रेलियाको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
अहिले नै भ्याक्सिन नचाहिने अष्ट्रेलियाको घोषणा

एजेन्सी । अष्ट्रेलियाका कार्यबाहक प्रमुख मेडिकल अफिसर पाउल केलीले अहिले नै अष्ट्रेलियालाई कोरोना विरुद्धको खोप आवश्यक नरहेको जनाएका छन् । उनले खोपको पुर्णरुपमा परिक्षण र प्रयोगको स्किृती पछि मात्र त्यसलाई प्रयोग गर्ने बताएका हुन् । 

अष्ट्रेलियाका यी जिम्मेबार तहमा रहेका डाक्टरले बेलायत, अमेरिका र क्यानडाले आपतकालिन प्रयोगका लागि स्विकृती दिएको अमेरिकन खोप फाइजर अष्ट्रेलियाले प्रयोग नगर्ने पनि स्पष्ट पारेका छन् । 

अन्तराष्ट्रिय समाचार संस्था क्यानबेरासँग शनिबार टिप्पणी गर्दै उनले भनेका छन्, ‘हामीलाई यो वर्ष कुनै पनि खोप चाहिदैन । अरु मुलुक हामी भन्दा निकै फरक स्थितीमा छन् । त्यसैले उनीहरुलाई प्राथमिकतामा राख्नु जरुरी छ ।’ 

विश्व स्वास्थ्य संगठन र अन्य अन्तराष्ट्रिय निकायहरुले समेत कोरोना खोपमा राष्ट्रियता हाबी हुने चिन्ता व्यक्त गरिरहेका बेला अष्ट्रेलियाले फरक धारणा सार्वजनिक गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस