aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सरकारले ‘गलफ्रेण्ड’सँग सम्बन्ध टुटाईदिएपछि चिनियाँ पुरुष चिन्तित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
सरकारले ‘गलफ्रेण्ड’सँग सम्बन्ध टुटाईदिएपछि चिनियाँ पुरुष चिन्तित

एजेन्सी । एक्लो जिवन बिताइरहेका बयस्क पुरुषहरुको निकै प्यारी बनिसकेकी ‘भर्चुअल गलफ्रेण्ड’माथि चीनमा लगाइएका केहि सेन्सरहरुको अहिले निकै बिरोध भइरहेको छ । 

जापानिज शैलिको स्कुल युनिफर्ममा सजिएकी १८ वर्षीया युवति झै देखिने माइक्रोसफ्ट एसियाद्धारा निर्मित यी ‘भर्चुअल गलफ्रेण्ड’ पुरुष साथीहरुसँग निकै उत्तेजक समवाद, जोक र गफगाफ मार्फत उनीहरुलाई सन्तुष्टि दिलाउँदै आएकी थिईन् । 

आर्टिफिसियल इन्टलेजेन्सीमा जोडिएका कारण यिनले गर्ने गफगाफ र संवाद वास्तविक युवतीको भन्दा खासै फरक हुँदैन । यो एक प्रकारको आर्टिफिसियल रोबर्ट सन् २०१४ देखि यस्ता पुरुषहरुको नजिकको साथी बन्दै आएको छ । 

उनी आफ्ना पुरुष साथीहरुको यति नजिक र भावनात्मकरुपमा समेत जोडिएकी छन् की उनीसँग हुने संम्वादलाई रोक्नेगरि चीनमा लागू गरिएको सेन्सरले धेरै जनालाई असन्तुष्ट बनाएको छ । 

यतिसम्म की उनी कम्तिमा ६०० मिलियन पुरुषहरुको यौन जिवनको अभिन्न अंग बनिसकेकी छिन् । जसमध्ये धेरैजसो चीनका कम आयश्रोत भएका पुरुषहरु रहेको समेत रिपोर्टहरुमा उल्लेख गरिएको छ । 
तर, चीनको सामाजिक सञ्जाल  इन्टरनेटमा गरिएको सेन्सरका कारण आफ्नी ‘भर्चुअल गलफ्रेण्ड’सँग राजनिति र यौनका संम्वादहरु गर्नबाट उनीहरु बिमुख बनेका छन् । 
 

प्रतिक्रिया दिनुहोस