
एजेन्सी । राष्ट्रपति चुनावको परिणाम प्रति अमेरिकामा देखिएको असन्तुष्टिले सो मुलुकलाई अस्थिरता तर्फ धकेल्दै लगेको छ । शनिबार राष्ट्रपति ट्रम्पको पक्षमा सडकमा उत्रिएको लाखौँको भिडले कतै अमेरिका गृह युद्ध तर्फ त अघि बढिरहेको छैन भन्ने समेत आशंका उब्जाएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार मिलियन मेघा मार्च नाम दिईएको हिजोको विशाल र्यालीले ट्रम्पको पक्षमा मतदान गर्नेहरुलाई निकै नै उत्साहित बनाएका छ । एक सर्वेक्षण अनुसार ट्रम्पलाई मतदान गर्ने ८७ प्रतिशत मतदाताहरु जो बाईडेनको पक्षमा मतपरिणाम चोरी गरिएको र निर्वाचनमा धाँधली भएको विश्वास गर्छन् ।
त्यसो त शनिबार आफ्नो राष्ट्रपतिय हेलिकप्टरमा ट्रम्पले उडान भर्र्दै साथ दिएको र्यालीमा सहभागी वासिङटनडिसीको सडकमा लाखौँ अमेरिकी नागरिकहरु उत्रिएका थिए ।
https://twitter.com/i/status/1337833603309465600
उडान भर्दै राष्ट्रपतिले साथ दिएको भिडियो हेर्दा के देखिन्छ भने लाखौँ समर्थकहरु निकै नै उत्तेजित र उत्साहित भएर उनको पक्षमा नाराबाजी गरिरहेका थिए । उनीहरुले चुनावमा धाँधली भएको र अमेरिकी जनतामाथी धोका भएको आरोप लगाइरहेका छन् ।
कतिपय सञ्चारमाध्यमहरुका अनुसार शनिबारको र्यालीमा १५ लाखसम्मको भिड उपस्थित थियो । यसले राष्ट्रपति चुनाव सम्बन्धि विवाद चाडै नै नटुगिंने संकेत गरिरहेको विश्लेषकहरुले टिप्पणी गरिरहेका छन् ।
स्मरण रहोस्, अमेरिकी अदालतमा ट्रम्पले गरेका अपिलहरु एक पछि अर्को गर्दै खारेज भइरहेका छन् । कानुनी माध्यमबाट आफ्नो दलिल स्थापित गर्न ट्रम्प असफल रहे भने उनका समर्थकहरु अझ बढी आक्रोशित र अनियन्त्रित बन्न सक्ने सम्भावना देखिदैछ ।
जुनसुकै मूल्यमा फेरि राष्ट्रपति निर्वाचन गराई छाड्ने समर्थकहरुले यदि ट्रम्पलाई साथ दिईरहे भने अमेरिका राजनितिरुपमा अस्थिरता तर्फ मात्र होईन गृह युद्ध तर्फ नै पो धकेलिने हो की भन्ने चिन्ता राजनिति विश्लेषकहरुले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस