aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कर्मचारीले तलब नपाएपछि आईफोन कम्पनीमा तोडफोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ मंसिर २०७७
कर्मचारीले तलब नपाएपछि आईफोन कम्पनीमा तोडफोड

एजेन्सी । भारतमा रहेको प्रसिद्ध फोन निर्माता कम्पनी एप्पलका कामदारहरुले समयमै तलब नपाएपछि कम्पनीमा तोडफोड गरेका छन् । शनिबार उनीहरुले केहि महिनाअघि देखि तलब नपाएको झोकमा सवारीसाधनमा आगजनि र कम्पनीमा तोडफोड गरेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

टाइम्स अफ इन्डियाका अनुसार आक्रोसित श्रमिकहरुले नर्सापुरा स्थित वुस्ट्रन कर्पोरेशनमा तोडफोड गरेका हुन् । ताइवानमा मुख्य कायौलय रहेको उक्त कम्पनीले आईफोनको समेत निर्माता रहेको एप्पलका लागि विभिन्न पार्टपूर्जाहरु उत्पादन तथा जडान गर्ने काम गर्दै आएको छ । 

कम्तिमा २ हजार जना कामदारहरु समयमै तलब नपाएपछि आक्रोशित बनेका र उक्त कम्पनीमा आगजनीको समेत प्रयाग गर्दै तोडफोडमा उत्रिएका हुन् । 

स्थानिय प्रहरीले जनाए अनुसार उक्त घटनामा संलग्न ८० जना भन्दा बढीलाई पक्राउ गरिएको छ भने यो घटनाले सो कम्पनीको बाटो हुँदै आएको आपूर्ति व्यावस्थामा असर गरे नगरेकोबारे भने कुनै कुरा खुलाईएको छैन । 
 

प्रतिक्रिया दिनुहोस