aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकाका ६६१ कम्पनीले दिए ट्रम्पलाई चुनौति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
अमेरिकाका ६६१ कम्पनीले दिए ट्रम्पलाई चुनौति

एजेन्सी । अमेरिकाका ६६१ वटा कम्पनी र संगठनहरुले चीनीया बस्तु आयातमा वृद्धि गरेको शुल्क रोक्न र चीनसँग वार्ता गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माग गरेका छन् । 
उनीहरुको हस्ताक्षर सहित संयुक्त पत्र राष्ट्रपतिलाई प्रेशित गरेको त्यहाका सञ्चारमाध्यमहरुले जनाएका छन् । 

समाचार संस्था सिन्हवाको एक रिर्पोट अनुसार आयात शुल्क विरुद्ध चलिरहेको ‘ट्यारिफ हर्ट हार्टल्याण्ड’ नामक अभियानले जारी गरेको एक विज्ञप्ति अनुसार ५२० कम्पनी १४१ संगठनहरुले चीन र अमेरिकाबीच चलिरहेको व्यापार यु्द्धबाट आफूहरु चिन्तित रहेको जनाएका छन् । 

सो विज्ञप्तिमा लेखिएको छ, ‘उनीहरुलाई के विश्वास छ भने वृद्धि गरिएको शुल्कको सिधा नकारात्मक असर अमेरिकी कारोबारी, किसान र अमेरिकी अर्थव्यबस्थामा लामो समयसम्म रहिरनेछ । अन्तत यो शुल्कको मुल्य अमेरिकी कम्पनीहरुले नै चुक्ता गर्न पर्ने वास्तविकता प्रति उनीहरु सजक छन् ।’

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले जुन १७  का दिन शुल्क वृद्धिका सम्बन्धमा देखिएका प्रतिक्रियाहरु बारे जनसुनुसवाई गर्नु पूर्वसान्यामा यस्तो पत्र सार्वजनिक भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस