
काठमाडौं । एक साता अघिसम्म दुई व्यक्ति भेट हुँदा यसरी औपचारिकता शुरु हुन्थ्योः आरामै हुनुहुन्छ ? वा, चिया पिउनु भो रु तर अहिले एकले अर्कालाई भेटनसाथ भन्छ, उफ् कति गर्मी हो १
हुन पनि एक सातायता गर्मीले उग्ररुप लिएको छ । काठमाडौं उपत्यका त यति गर्मी छ भने तराइमा त झनै गर्मी हुने नै भयो ।गर्मी बढी हुन थालेसँगै हल्का पहिरन खोज्न पसल पसल धाउनेको बढेको छ । पहिला जस्तो गर्मी कति बढेछ भनेर तापक्रम नाप्नु पर्ने अवस्था अहिले भने छैन् । सहर बजारमा युवायुवतीले लगाउने पहिरनले पनि तापक्रम बढेका भान दिन्छ ।
गर्मीका कारण आमनागरिक बेहोस हुन थालेका छन् । गर्मीकै कारण नेपालगञ्ज, विरगञ्ज लगायतका स्थानमा विद्यायल नै विदा नै गरेको छ । नेपालगञ्ज, विरगञ्ज, विराटनगर, बुटवल, नारायणगढ लगायतका ठूला शहरममा गर्मीले जनजिवन अस्त व्यस्त बनाएको छ ।
राजधानी उपत्यकासहित देशका पूर्वी र पहाडी जिल्लाहरुमा समेत गर्मी बढेको छ । दिन प्रतिदिन उच्च दरमा गर्मी बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाबासी पनि गर्मीलै हैरान हुन थालेका छन् ।
अत्याधिक गर्मीको समस्या आगामि केहि सातासम्म जारी रहन सक्ने मौसम विद्हरु बताउँछन् । बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहने मौसम विद्को भनाइ छ ।
गर्मीले ज्वरो आउने र खराब खाने कुरा खादा झाडाबान्ता लाग्ने, वाकवाकी लाग्ने लगायतका रोगहरु लाग्ने चिकित्सकहरु बताउँछन् ।
साथै गर्मीको समयमा लामखुट्टेको टोकाईबाट मेलेरिया, डेंगो, इन्सेफ्लाईटिस लगायतका रोगहरु बढी लाग्ने र तापक्रम बढी हुँदा शरीरमा पानी र नुनको मात्रा समेत कमी हुने उनीहरुको भनाइ छ । ४० डिग्रि सेन्टिग्रेडभन्दा माथि तापक्रम हुँदा लामखुट्टे आफैँ पनि मर्न थाल्छ ।
गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदार लगायतहरुमा बढी देखिने भएकोले उनीहरुलाई थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन ।
अत्याधिक गर्मी र तातो हावाले शारिरीक समस्या उत्पन्न गर्नुको मुख्य कारण शरिरमा नुन र पानीको कमी हुनु हो । यसको कारणले मानव शरीरमा एक्कासी तापक्रम बढेर शरीरको तापक्रम १०५ देखि ११४ डिग्री सेन्टीग्रेड सम्मको पुग्छ र तत्काल नै बेहोस भई मूत्यु हुने चिकित्सकहरु बताउँछन् ।
गर्मीबाट बच्नका लागि घाममा बाहिर हिँडडुल नगर्न, हिँड्डुल गर्दा हल्का पातलो वा खुकुलो कपडाको प्रयोग गर्न विज्ञहरुको सुझाव छ । विद्यार्थी, सुरक्षा निकाएका कर्मचारीलाई लामो समयसम्म लगातार लाईनमा नराख्न, शारीरिक क्रियाकलाप पनि बढी नगराउन पनि बिज्ञहरुको सुझाव छ । दिउँसोको समयमा भन्दा बढी बिहान बेलुकाको समयमा दैनिक कामहरु गर्न पनि उनीहरुले सुझाव दिन्छन् ।
पानीको मात्रा सेवन बढी गर्ने, झोल पदार्थ बढी खाने र बाहिर तिर खुल्ला राखिएको खाने कुरा नखान उनीहरुले सल्लाह दिने गरेका छन् । खरबुजा, कागती, मेवा, स्याउ जस्ता फलफूलहरु सफा पानीले धोएर प्रशस्त मात्रामा खान र उखु तथा नरिवलको जुस पनि गर्मीका लागि निकै लाभदायक मानिने चिकित्सकहरुको सुझाव छ ।
चर्किएको घाममा हिँड्दा शरीर ढाकिने गरी पुरा कपडा लगाएर हिँड्नु पनि उनीहरुले सुझाएका छन् । चर्को घामको किरणले गर्दा छालामा क्यान्सरजस्ता रोगहरु समेत लाग्न सक्ने चिकित्सकको सुझाव छ ।
अत्याधिक गर्मीबाट बच्नका लागि सफा स्वच्छ पानी दैनिक ६ देखि ७ लिटरसम्म सेवन गर्नुपर्छ । पानी पिउँदा उमालेर सेलाएको तथा किटाणु रहित मात्रै प्रयोग गर्नुपर्नेमा डाक्टरहरु जोड दिन्छन् ।
प्रतिक्रिया दिनुहोस