
भैरहवा । कोरोना महामारीमा पनि नेपाली कांग्रेस रुपन्देहीले आज विरोध प्रदर्शन गरेको छ । सरकारले गरेका कार्यहरुप्रति असहमति जनाउँदै सरकारलाई खबरदारी गर्न विरोधसभा गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
कोभिड १९ का कारण विश्व नै आक्रान्त बनेका बेला सरकारले जनतालाई राहत दिनुको सट्टा आफैले चरम भ्रष्टाचार गरेको, स्वास्थ्य सामग्रीमा अनियमिता गरेको र व्यवसायी मैत्री सरकार हुन पर्नेमा तानाशाह प्रवृति देखाएको भन्दै सरकारलाई सच्चिनको लागि विरोधसभा गरेको वक्ताहरुले बताएका छन् ।
सरकारले गरेका गल्ति र कमजोरीलाई सच्याएर अगाडि बढ्न नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले आग्रह गरेका छन् । सरकार अहिले शक्तिको आड लिएर प्रतिपक्षपाटीमाथि दमन गरेको र निरङ्कुसता लादन खोजे नेपाली कांग्रेस चुपलागेर नबस्ने भन्दै पाण्डेले चेतावनी दिए ।
सरकार चरम भ्रष्टाचारमा लागेको र जनताले दिनको मतको दुरुपयोग गरेको बताउँदै आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जनताले पहिलो पाटी बनाउने ठोकुवा रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले बताए । उक्त कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य प्रमोद यादव, संविधान सभा सदस्य इस्तियाक अहमद, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस