aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेरिकामा कोरोना खोप लगाउन शुरु, पहिलो डोज नर्सले लगाइन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० मंसिर २०७७
अमेरिकामा कोरोना खोप लगाउन शुरु, पहिलो डोज नर्सले लगाइन

एजेन्सी । अमेरिकामा कोरोना खोपको पहिलो डोज सोमबार दिइएको छ ।  खोपको पहिलो डोज न्यूयोर्ककी नर्स सान्द्रा लिन्डसेलाई दिइएको छ । कोरोना खोप कार्यक्रम प्रत्यक्ष टिभीमा पनि देखाइएको थियो । कोरोनाको खोप लिइसकेपछि नर्सले भनिन्, ’म आज धेरै आशावादी र मुक्त छु । 'राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गरेर आफ्नो खुशी व्यक्त गरेको छन । 

ट्रम्पले आफ्नो ट्विटरमा लेखेका छन्, ’खुशी अमेरिकामा पहिलो खोपको डोज दिइयो ।' अमेरिकी औषधि निर्माता फाइजरले बहुप्रतिक्षित कोविड १९ खोपको पहिलो समूहलाई फाइजरको मिशिगन स्थित गोदाममा पठाएको छ । यो खोप हालसालै अमेरिकाले स्वीकृत दिएको हो । कोविड १९ खोपको साथसाथै अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो खोप अभियान पनि शुरु भएको छ ।

यी खोपहरू अमेरिकाका विभिन्न ६३६ स्थानमा डेलिभर गरिनेछ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार यस खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस