काठमाडौं । चार ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदन लगानी बोर्डसमक्ष प्रस्तुत गरेका छन् । ठूला लगानीमा निर्माण हुन लागेका ती आयोजनाका विकासकर्ताले मंगलबार विस्तृत अध्ययन प्रतिवेदन पेश गरेका छन् ।
चीन–नेपाल फ्रेण्डसिप इडष्ट्रिज पार्क परियोजनाको विकास कम्पनीको तर्फबाट दमक क्लिन इन्डडिष्ट्रजले भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेश गरेको छ । २०७६ साउन १७ गते बसेको लगानी बोर्डले परियोजनाको लागि ५८.६१ करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरिसकेको छ ।
परियोजनाका लागि लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेलभपमेन्ट जाने जिङ–पिङ ज्वाइन्ट क्रियसन कन्ट्रक्सन प्रोजेक्ट डेलभपमेन्ट र दमक क्लिन इण्डष्ट्रिज पार्कको संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुन लागेको छ । यसैगरी विरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणको लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रालिले १४ मंसीर २०७७ मा बोर्ड समक्ष डीपीआर पेश गरेको छ । ८०।१६ किलोमिटर लामो प्रस्तावित केबलकार बीरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोबाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको हुनेछ ।
यसैगरी, वीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्निमल एण्ड बल्क ह्यान्डलिङ फ्यासलिटिज परियोजनाको लागि विकासकर्ता फ्लाश फ्रेट लजिष्टिक एण्ड इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्टक्चर प्रालिले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन ९डीएफएसआर० पेश गरेका छन् । सो आयोजनाको लागि बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ साल मंसिर १५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसैगरी विराटनगरमा निर्माण हुने मल्टि–मोडल लजिष्टिक पार्क परियोजनाको विकासकर्ता सीजी लजिष्टिक प्रालि र सराफ गु्रपले डीएफएसआर प्रस्तुत गरेको छ । बोर्ड र विकासकर्ता कम्पनीबीच २ असार २०७६ मा यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया दिनुहोस