aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतका अनुभवी शेयर व्यापारीले पनि यस वर्ष अर्बौ रकम गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
भारतका अनुभवी शेयर व्यापारीले पनि यस वर्ष अर्बौ रकम गुमाए

एजेन्सी । भारतीय अनुभवी शेयर लगानीकर्ता राकेश झुनझुनवालाले लगानी गरेका स्टकमध्ये धेरैले यस वर्षसम्म राम्रो आम्दानी गरेका छन । उनले लगानी गरेको शेयरको मूल्य दोब्बर भएको छ । केहि स्टकहरू छन् जुन २०२० मा अन्डर भ्यालुमा पनि रहेका छन् ।  तीमध्ये यी शेयरमा गरेको लगानी यस वर्ष नकारात्मक रहने छ ।  झुनझुनवाला शेयर बजार खेलाडी हुन । जसको अन्यको पोर्टफोलियोद्वारा अनुगमान गरेर लगानी गर्ने गरेका छन ।

डेल्टा कर्प
राकेश झुनझुनवालासँग गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको अन्त्यदेखि नै फर्मको २ करोड इक्विटी शेयर छ । उनी मुम्बईमा आधारित गेमिङ, हस्पिटालिटी फर्म र देशभरिका विभिन्न क्यासिनोहरूको स्वामित्व राख्दछन । २०२० कम्पनीको राम्रो उत्पादन भएन र यस आर्थिक वर्षको दोस्रो त्रैमासमा डेल्टा कर्पले २०२० करोडको खुद घाटा देखाएको थियो । यस कारणले यस फार्मको राजस्व ८० प्रतिशतले घटा रहेको थियो ।

जनवरी १ मा डेल्टा कर्पको शेयर मूल्य १९५रुपैयाँ भारु थियो । ११ डिसेम्बरमा १५५.५० रुपैयाँमा कारोबार भएको छ । यसको मतलब स्टक यस बर्ष लगभग २८ प्रतिशत घटेको छ । त्यहि समयमा गत एक वर्षमा डेल्टा कर्पको शेयर मूल्य २६.२२ झरेको थियो । डेल्टा कर्पोरेशनमा राकेश झुनझुनवालाको ७.४९ प्रतिशत शेयर छ । गत वर्षको अन्तदेखि डेल्टा कर्पमा राकेश झुनझुनवालाको पोर्टफोलियोले ८६ करोडको घाटा बेहोरेको थियो ।

यो वर्ष पनि देशको सबैभन्दा ठूलो लगेज निर्माता भिआइपी कम्पनीका लागि राम्रो वर्ष भएन । जनवरी १ मा शेयर मूल्य ४२९ रुपैयाँ थियो । ११ डिसेम्बरमा ३६६.२० रुपैयाँमा व्यापार गरिरहेको छ । यसको मतलब यो बर्ष शेयर १७ प्रतिशत गिरेको छ । यसै समयमा यसको सेयर मूल्य गत एक वर्षमा १४.२५ ले घटेको छ । 

राकेश झुनझुनवालाको पोर्टफोलियोले स्टकको मूल्यमा गिरावट आएको कारण भीआईपी उद्योगमा ३४.४ करोड रुपैयाँ गुमाएको छन । भीआईपी उद्योगमा राकेश झुनझुनवालाको ५.३१ प्रतिशत शेयर छ । हालको मूल्यमा यी शेयरको मूल्य २७५ करोड रूपैयाँ छ । 

फेडरल बैंक
२०२० मा राकेश झुनझुनवालाको पोर्टफोलियोको शेयरमध्ये फेडरल बैंक पनि पर्छ । शेयर मूल्य १ जनवरी मा ८९ रुपैयाँ थियो । ११ डिसेम्बरमा ६६.२५ रुपैयाँमा कारोबार भइरहेका छ । यस बर्ष शेयर लगभग ३७.३३ प्रतिशत यसबाट उनले गुमाएका छन । गत वर्षको सोही समयमा फेडरल बैंकको सेयर मूल्य २२.३३ प्रतिशतले घटेको थियो ।

राकेश झुनझुनवालाको पोर्टफोलियोले फेडरल बैंकमा १४७ करोड रुपैयाँ गुमाएका छन । फेडरल बैंकमा राकेश झुनझुनवालाको लगभग २.७१ प्रतिशत शेयर छ । उनले कम्पनीको करिब ५.३४ करोड शेयर छ । 

करुर व्यासा बैंक
यस वर्ष करुर व्यासा बैंकका शेयरहरूले पनि राकेश झुनझुनवालालाई नकारात्मक रिटर्न दिएको छ । गत वर्ष डिसेम्बरको अन्त्यमा झुनझुनवालाको ३.३५ करोड शेयर स्वामित्व थियो । यस वर्ष सेप्टेम्बरको अन्त्यमा उनले आफ्नो शेयर ३.५९ करोड शेयरमा बढाएका थिए । 
राकेश झुनझुनवालाको करुर व्यासा बैंकमा झन्डै ४.५० प्रतिशत शेयर छ । पछिल्लो एक वर्षमा राकेश झुनझुनवालाको पोर्टफोलियोले करुर व्यास बैंकमा ३४ करोड रुपैयाँ गुमाएको छन । 
 

प्रतिक्रिया दिनुहोस