
काठमाडौं । राजधानीको भद्रकालीमा ९ ड्रम रगत बगाउने देशभक्त लोकतान्त्रिक पार्टीका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनमोहन शमशेर राणा नेतृत्वमा रहेको देशभक्त लोकतान्त्रिका पार्टीको भातृ संगठन राष्ट्रिय स्वयंमसेवक नेपालले संविधान परिमार्जनको माग राख्दै निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत पोखेपछि प्रहरीले हस्तक्षेप गरि पक्राउ गरेको हो ।
पार्टी अध्यक्ष राणाका अनुसार उनीहरुलाई हाल महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ । पक्राउ पर्नेमा पार्टी अध्यक्ष राणा ससिहत स्वमसेवक नेपालका अध्यक्षा श्रीराम घिमिरे, पुरुषोत्तम गजुरेल लगायतका कार्यकर्ता रहेका छन् । राणा वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराका दाजु हुन ।
प्रतिक्रिया दिनुहोस