aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड नजिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड नजिक

भारत । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बुधबारसम्म ९९ लाख ३२ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २६ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । 

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३८७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ९६  जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ५६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा ३ हजार ३२ हजार सक्रिय संक्रमित रहेका छन् ।  यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ । 

 भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस