
एजेन्सी । अमेरिकाले करेन्सीम्यानुप्लेटर्सको सूचीमा भारतलाई पनि राखेको छ । अमेरिकाले चीन ताइवान जस्ता करेन्सीम्यानुप्लेटर्सको सूचीमा दश देशलाई राखेको छ । अमेरिकाले उक्त सूचीमा राखेका १० देश अमेरिकाका ठूलो व्यवसाय साझेदार हुन् ।
भारत बाहेक चीन, ताइवान, जापान, दक्षिण कोरिया, जर्मनी, इटली, सिंगापुर, थाईल्यान्ड र मलेसिया अवलोकन सूचीमा छन् । संयुक्त राज्य अमेरिकाले पहिले नै भियतनाम र स्विजरल्याण्डलाई करेन्सीम्यानुप्लेटर्सको श्रेणीमा राखेको थियो । अमेरिकी वित्त मन्त्रालयले बुधवार कांग्रेसमा पेश गरेको प्रतिवेदनमा यो जानकारी दिएको छ ।
समाचार एजेन्सीहरूका अनुसार उक्त रिपोर्टले जून २०२० सम्मको अन्तिम चार क्वार्टरमा अमेरिकाका चार ठूला व्यापार साझेदार देशहरू ( भारत, भियतनाम, स्विजरल्याण्ड र सिंगापुरले आफ्नो विदेशी विनिमय बजारमा निरन्तर हस्तक्षेप गरिरहेको छ ।
प्रतिवेदनका अनुसार भियतनाम र स्विजरल्याण्डले सम्भावित अनुपयुक्त मुद्रा स्विंग वा अत्यधिक बाह्य असंतुलनको सूचीमा राखेको छ । अमेरिकी अर्थमन्त्री स्टीभन टी मुनचिनले भने, “अमेरिकी श्रमिक र व्यवसायको आर्थिक बृद्धि र अवसरलाई बचाउन अर्थ मन्त्रालयले आज यस्तो कदम चालेको छ ।’’ संयुक्त राज्य वित्त मन्त्रालयको प्रतिवेदनमा यी १० देशहरुलाई विशेष अनुगमन गर्दै ताइवान, थाईल्याण्ड र भारत यस सूचीमा थपिएको छ ।
प्रतिक्रिया दिनुहोस