काठमाडौं । बीमा कम्पनीहरुलाई पूँजीवृद्धिको चराटो परेको छ । बीमा समितिले दिएको अन्तिम म्याद असार मसान्तसम्म भएकाले यी कम्पनीलाई पूँजी वृद्धिको चटारो भएको हो ।
बीमा समितिले बोनस शेयर र हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्दै छन् । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी रु. २ अर्ब र निजीवन बीमा कम्पनीको चुक्तापूँजी रु. १ अर्ब पुर्याउन निर्देशन दिएको थियो ।
नेप्सेमा सूचीकृत सात जीवन बीमा कम्पनीहरुमा दुई नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याएका छन् भने बाँकी पाँच कम्पनीले हकप्रद शेयर र बोनस शेयर वितरण गरेर पूँजी गर्दै छन् ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रु. १ अर्ब २५ करोड छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । यो हकप्रद शेयर निष्कासनपछि उसको पूँजी रु. २ अर्ब १ करोड पुग्नेछ ।
त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रु. ६४ करोड १५ लाख छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ । आर्थिक अभियानमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस