aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

५ महिनामा १ खर्ब २९ अर्ब राजस्व संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ पुस २०७७
५ महिनामा १ खर्ब २९ अर्ब राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले मंसिर महिनासम्म १ खर्ब २९ अर्ब राजस्व संकलन गरेको छ । विभागले चालु आर्थिक वर्षको पहिलो ५ महिनासम्म ३९ अर्ब ५७ करोड आयकर संकलन गरेको छ । सो अवधिमा विभागले ४५ अर्ब ७ करोड मूल्य अभिवृद्धि कर (भ्याट) संकलन गरेको छ भने ३० अर्ब ९६ करोड अन्तःशुल्क संकलन गरेको छ । यो अवधिमा विभागले ब्याजकरबाट मात्रै १० अर्ब ४७ करोड संकलन गरेको विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले बताए ।

‘कोभिड महामारीकै बीच विभागले उत्साहजनक राजस्व संकलन गरेको छ,’ उनले भने ‘पुस महिना अझ बढी राजस्व संकलन हुन्छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म विभागले एक खर्ब ३३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कोभिडका कारणले राजस्व संकलनमा केही संकुचन देखिएपनि यसलाई उत्साहजनक मान्नु पर्ने विभागको भनाइ छ । पछिल्लो समय आर्थिक गतिविधि बढ्दै गएकोले यसको अबका महिनामा राजस्व संकलन राम्रो हुने बताइएको छ । 

पुस महिना आयकरको पहिलो किस्ता ४० प्रतिशत बुझाउने महिना भएकोले पनि अन्य महिनाको तुलनामा बढी राजस्व उठ्ने देखिएको हो । आयकर ऐनले गरेको प्रावधानअनुसार चैतमा ३० र असारमा बाँकी ३० प्रतिशत बुझाउनु पर्ने हुन्छ । पुसमा सबैभन्दा बढी आयकर उठने भएकाले अन्य महिनाको तुलनामा पुसमा राजस्व पनि बढी संकलन हुने विभागले जानकारी दिएको छ । 

आन्तरिक राजस्व विभागले मंसिरमामात्रै विभागले २२ अर्ब ८७ करोड राजस्व संकलन गरेको छ । विभागले मंसिरमा २२ अर्ब १३ करोड  ३२ लाख ७१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको थियो । मंसिरमा संकलित राजस्व लक्ष्यको तुलनामा ३ प्रतिशतले बढी हो । 

विभागले मंसिरमा ६ अर्ब ७८ करोड रुपैयाँ आयकर संकलन गरेको छ । मंसिरमा आयकरतर्फ ६ अर्ब ५७ करोड उठाउने लक्ष्य विभागले लिएको थियो । विभागले मंसिर महिनामा ८ अर्ब ६१ करोड मूल्य अभिवृद्धि कर उठाएको छ । ६ अर्ब ९२ करोड मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य लिएको थियो । यस्तै अन्तःशुल्कतर्पm ६ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सो शीर्षकमा विभागले मंसिर महिनामा ७ अर्ब ३३ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस