aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सडक नभएको ठाउँमा आठ करोड पुल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
सडक नभएको ठाउँमा आठ करोड पुल

दोलखा । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुन बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन् । 

मुगुखोला बजारबाट झण्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो ।

दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झण्डै चार किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैंले गरेको थियो । ५० लाख बजेट खर्चेर विभागले पुलसम्म पुग्ने झन्डै डेढ किलोमिटर बाटो बनाएपछि बल्ल स्थानीयले थाहा पाए खोलामा पुल बन्दैछ भनेर । त्यसअघि न सडकको ट्रयाक नै थियो न त पुल हुँदै पुग्ने गन्तव्यका बारेमा चर्चा नै । 

सडक विभागले ०७१ मा ६० मिटर लामो आर्क डिजाइनको पुल बनाउन लगाएको ठेक्काअनुसार अहिले काम भइरहेको छ । ठेकेदार कम्पनीले भूकम्प, नाकाबन्दी र पुलसम्म पुग्ने सडककै कारण काममा ढिलाइ भएको जनाएको छ ।

बन्चरेबाट उक्त पुलसम्म पुग्ने सडक अहिले पनि पुरै अस्तव्यस्त छ । सो बाटो भएर कुनै पनि सवारीसाधान चल्ने अवस्थासमेत छैन् । कन्काई इन्टरनेसनल बिल्डर्सले दोलखाको रिमाल निर्माण सेवालाई सब कन्ट्रयाक्टरका रुपमा कामको जिम्मेवारी सुम्पेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस