
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिसँग भेटघाटमा अर्थ मन्त्री पौडेलले निःशुल्क गुणस्तरीय खोप सबै नेपाली लगाउन पाउने बताएका हुन् । ‘कोरोना विरुद्धको भ्याक्सिनको आर्थिक दायित्व सरकारले व्यहोर्छ,’ उनले भने ‘खोपलगाउने उमेर पुगेकामा समयमै गुणस्तरीय खोप वितरण हुनेछ ।’
ग्लोबल मार्केटमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा पनि आयात गर्नेछौं,’ उनले भने स्रोत व्यवस्थापनको चिन्ता छैन ।’ म यो अवसरमा यो भन्न चाहन्छु, कोरोनाको भ्याक्सिन ल्याउन आवश्यक स्रोत व्यवस्थापन र वितरणका लागि सरकार लागि परेको छ ।’‘हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं,’ उनले भने ।
तुलनात्मक रुपमा सस्तो र गुणस्तरीय भ्याक्सिन आयात गरि प्राथमिकताका आधारमा खोप वितरण गरिने समेत उनले बताए । भ्याक्सिन आयातका लागि कुटनीति निकायहरुसँग कुरा भइरहेको समेत उनले जानकारी दिए ।
कोभिडका कारण नृपालको मात्र नभइ विश्वकै अर्थतन्त्र कमजोर बनेको भन्दै उनले नेपाली अर्थतन्त्रलाई सबल र सक्षम बनाउन अहिले अपरिहार्य भएको बताए । अर्थतन्त्रलाई सवल र सक्षम बनाउन पनि कोभिड विरुद्ध लड्नु पर्ने भएकोले पनि खोप आवश्यक रहेको उनको भनाइ छ ।
आर्थिक जीवनलाई पुरानै लयमा फर्काउन तथा अर्थतन्त्रलाई गतिशिल बनाउन सरकारले उपायहरू खोजिगरिरहेको बताए । ‘गुमेका रोजगारीलाई पुरानैलयमा फर्काउन तथा नयाँ रोजगारी सिर्जना गर्न सरकारलाई चुनौति छ,’ उनले थपे ‘हामी प्र्र्र्र्र्रभावकारी ढंगबाट काम गर्न लागि परेका छौं ।’ उत्पादन र रोजगारी बढाएर आर्थिक जीवनलाई पुरानै लयमा फर्काउनका लागि पनि खोप आवश्यक छ,’ उनले भने ।
कोभिडका कारण राजस्व परिचालन र अन्तर्राष्ट्रिय सहयोगमा समेत समस्या देखिएको छ , यसलाई हामीले चुनौतिको रुपमा लिएका छौं । अहिले देखिएको राजनीतिक समस्या केही समयमा आफै बादलजस्तै हटेर जाने बताउँदै नाफिजसँग घनिष्ट सहकार्य गर्ने मन्त्री पौडेलले प्रतिवद्धता समेत जनाएका छन् । ‘म नाफिज नयाँ कार्यसमितिलाई ह्रिदयको गहिराइदेखि नै बधाई दिन्छु भन्दै उनले भने ‘सहकार्य गनृ तथा पत्रकारको क्षमता वृद्धिमा म सधै सकारात्मक रहने छु ।’
प्रतिक्रिया दिनुहोस