aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दलित हिँड्ने बाटोमा पाँच फिटको पर्खाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
दलित हिँड्ने बाटोमा पाँच फिटको पर्खाल

मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।

दलित बस्ति जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् ।

बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु समस्यामा परेको स्थानीय जोगी मण्डलले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा  छ । 

प्रतिक्रिया दिनुहोस