aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

वासिङ्टनमा मार्च ३१ सम्म संकटकाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
वासिङ्टनमा मार्च ३१ सम्म संकटकाल

एजेन्सी । अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य संकटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य संकटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ ।   

“आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाएका छन्,” कार्यालयका एक अधिकारीले भने । स्वास्थ्य संकटकाल लगाइएको बारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन् ।   

विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोना भाइरसको सङ्क्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ ।  

विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च ११ तारिखमा कोरोना भाइरसको असरलाई महामारी घोषणा गरेको थियो । कोरोना भाइरसका कारण विश्वभरी अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ती मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी सङ्क्रमित भएको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस