aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

फरार निरव मोदीका भाईले अमेरिकामा अर्बौ ठगी गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
फरार निरव मोदीका भाईले अमेरिकामा अर्बौ ठगी गरे

एजेन्सी । भारतीय भगौडा हीरा व्यापारी नीरव मोदीको भाई नेहल मोदी अब न्यूयोर्कमा ठगीको आरोप लागेको छ । बहु(स्तरीय योजना मार्फत नेहल मोदीले विश्वको सबैभन्दा ठूलो हीरा कम्पनीलाई २.६ मिलियन डलरको लागि ठगी गरेको आरोप लगाइएको हो ।

वास्तवमा नेहाल मोदीलाई म्यानहट्टनको हीरा कम्पनीबाट २.६ लाख डलरभन्दा बढीको हिरा लिन ’पहिलो डिग्रीमा ठूलो चोरी’ गरेको आरोप लगाइएको छ । अब नेहल मोदी न्यु योर्कको सर्वोच्च अदालतमा मुद्दा चलाउने छन्।

न्यू योर्क कानून अन्तर्गत, पहिलो डिग्री गम्भीर चोरीको अर्थ १० लाखभन्दा बढी चोरी गरेकालाई यो सूचीमा राखिन्छ । २०१५ मा यो ठगी भएको हो । जब नेहाल मोदीले एक कम्पनीको साथमा अमेरिकाको एलएलडी डायमंड्सबाट २.६ लाख डलरको हिरा लिएका थिए।

प्रासिक्युसनका अनुसार मार्च २०१५मा नेहाल मोदीले करिब ८००,००० अमेरिकी डलरको हिरा मागेका थिए । उनीहरु कोस्ट होलसेल कम्पनीलाई बिक्री गरेका थिए ।  कोस्टको एक सदस्य उपलब्ध गराउने कम्पनी हो जसले ग्राहकहरूलाई कम मूल्यमा हीरा बेच्छ । 

नेहल मोदी पंजाब नेश्नल बैंकसँग सम्बन्धित १.९ अरब डलर) को ठगी काण्डमा समेत सामेल भएका व्यक्ति हुन । 

प्रतिक्रिया दिनुहोस