aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । 

प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गगरेका थिए । 

प्रतिक्रिया दिनुहोस