aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

‘लेजर स्पिड गन’ बाट ५ दिनमा ४९२ कारबाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
‘लेजर स्पिड गन’ बाट ५ दिनमा ४९२ कारबाहीमा

ट्राफिक प्रहरीले ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि कोटेश्वर–कलंकी सडकखण्डमा ४९२ सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक छन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले २८ जेठदेखि कोटेश्वर–कलंकी सडकखण्डमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्दै आएको थियो । ट्राफिक प्रहरीले तीन सिफ्टमा ‘लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस