aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत

टोक्यो । जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो ।

कोरोना भाइरस संक्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५० खर्ब येन छुट्याइएको जनाएको छ । जापानी अर्थमन्त्री तारो आसोले कोरोना भाइरस संक्रमण रोक्नुपर्ने, अर्थतन्त्रको पुनरुत्थान गर्नुपर्ने तथा देशको आर्थिक स्वास्थ्यमा सुधार ल्याउनुपर्ने चुनौती रहेको बताए ।  

जापानको प्रस्तावित बजेटमा ३३ अर्ब येन रक्षाका लागि छुट्याइएको छ । जापानले अमेरिकासँग खरिद गर्न लागेको अत्याधुनिक क्षेप्यास्त्र प्रणालीका विषयमा अझै सहमति जुटिसकेको छैन । रक्षा मन्त्रालयले जापानी युद्धपोतलाई थप सुसज्जित बनाउने कार्यक्रम पनि जारी छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस