
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरेकोमा असहमति जनाउँदै सोमबार बसेको भेलाले यस्तो निर्णय गरेको हो ।
संघीय संसद भवन नयाँ बानेश्वरमा भएको सो भेलामा नेकपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदले यस्तो निश्कर्ष निकालेका हुन् ।
प्रतिक्रिया दिनुहोस