aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रचण्ड–नेपाल समूहका सांसदको भेलाः प्रचण्डलाई संसदीय दलको नेता बनाउने, संसद बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
प्रचण्ड–नेपाल समूहका सांसदको भेलाः प्रचण्डलाई संसदीय दलको नेता बनाउने, संसद बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने

काठमाडौं । नेकपाको संसदीय दलको नेता प्रचण्डलाई बनाउने प्रस्ताव लगायतका विषयमा छलफल गर्दै नेपाल–प्रचण्ड समर्थक सांसदहरुको भेला सकिएको छ । 

सोमबार बानेश्वर स्थित संघिय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डलाई नेकपा संसदीय दलको नयाँ नेताको रुपमा स्रसद सचिवालयमा प्रस्ताव गर्ने निर्णय भएको भेलामा सहभागी एक ससांसदले जानकारी दिएका छन् । 

त्यसैगरि, सो भेलाले संसदको बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने समेत निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, नारायाण्काजी श्रेष्ठलगायतका नेताहरुको उपस्थितीमा भएको भेलाले संसद भंग गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई समर्थन गर्ने राष्ट्रपतिलाई समेत संवेदनशिल नभएको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस