aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बामदेव गौतम यता न उता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
बामदेव गौतम यता न उता

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफु नेकपा फुटको साक्षी नबस्ने बताएका छन् । उनले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र संसद भंगको विरुद्धमा रहेको बताउँदै प्रचण्ड वा ओलीको कुनै पनि गुटको भेलामा नजाने बताएका छन् । 

उनले सोमबार प्रेस विज्ञेप्ती जारी गर्दै भनेका छन्, ‘क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस् – ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ ।’

गौतमले आफू दुई कम्युनिष्ट पार्टी एकीकरण गराउने मध्येको नेता भएको उल्लेख गर्दै भनेका छन्, ‘अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।’ 

प्रतिक्रिया दिनुहोस