काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद भंग गर्ने गरि गरेको निर्णय सहि भएको विश्लेषण गर्दै देशवासीका नाममा सम्बोधन गरे लगतै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा प्रमुख दलहरुको सर्वपक्षिय भेला शुरु भएको छ ।
सो बैठकमा आयोजक नेपाली कांग्रेस, नेकपा र जनता समाजवादीलगायतका नेताहरुको सहभागी रहेको छ । बदलिदो राजनिति परिस्थतीमा अब त्यस विरुद्ध कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन यो बैठकको आयोजना गरिएको बताइएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध कदम चाल्न आजको बैठक महत्वपुर्ण हुने बैठकमा सहभागी भएका एक नेताले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस