
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरुले मंगलबार छुट्टाछुटटै समयमा पार्टी केन्द्रिय कमिटिको बैठक बोलाएका छन् । पार्टीको सर्वोच्च नेता आफू रहेको बताउँदै प्रधानमन्त्री समेत रहेका पार्टी सदस्य केपी शर्मा ओलीले बिहान ९ बजे केन्द्रिय कमिटिको बैठक बालुवाटारमा बोलाएका छन् ।
उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १ बजेका लागि कार्की ब्यांक्वैट बबरमहलमा केन्द्रिय कमिटिको बैठक बोलाएका छन् । यससँगै उनले ओलीले बोलाएको बैठकलाई नौटंकीको संज्ञा समेत दिएका छन् ।
यसअघि आइतबार नै बसेको नेकपाको स्थाई कमिटी बैठकले मंगलबारका लागि केन्द्रिय कमिटीको बैठक तय गरिसकेको थियो । तर, एकाएक दुई अध्यक्षले फरक फरक समय र स्थानमा बैठक बोलाएपछि कसको बैठक आधिकारिक र कसको अनाधिकृत भन्ने बहस समेत शुरु भएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीको प्राधिकार आफूमा रहेको र अर्का अध्यक्ष प्रचण्डले गरेके निर्णय अवैधानिक भएको बताएका छन् । उनले अर्का अध्यक्ष प्रचण्डको हैसियत उपाध्यक्ष सरहको मात्रै रहेको समेत दलिल गरेका थिए ।
यससँगै उठेको प्रश्न यो हो की कसले बोलाएको बैठक वैधानिक हो ? सामान्यतया पार्टी अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने हो । तर, अहिले त्यो विधि दुबै अध्यक्षले तोडिसकेका छन् ।
नेकपाको वर्तमान अन्तरिम विद्यानले पार्टी सञ्चालनदेखि बैठकसम्मका सबै विषयहरु आपसी समझदारीमा गर्ने भन्ने स्पष्ट रुपमा किटान गरिएको छ । सो विद्यानले दुईटा अध्यक्षबिच यो चरणको घम्साघम्सीको कल्पना समेत गरेको छैन । यस्तो बेला विद्यान हेरेर कुन बैठक सदर कुन बैठक बदर भन्न सक्ने स्थिती होइन । अब नेकपा बैठकको वैद्यानिकताको मापन समेत कानुनी रुपमा नभएर राजनितिकरुपमा गर्नु पर्ने देखिएको छ ।
त्यसैले अब भोलीको बैठकमा कता धेरै केन्द्रिय सदस्यहरु सहभागी हुन्छन् त्यो नै आधिकारीक मान्नुको विकल्प सायद निर्वाचन आचयोगसँग पनि रहने छैन । त्यसो हुँदा प्रचण्डले दाबी गरेझैँ झण्डै दुई तिहाइ केन्द्रिय सदस्य बबरमहलमा र एक तिहाई हाराहारीका सदस्यहरु बालुवाटार छिरे भने त कुरै सकियो । यदि त्यसो नभएर दुर्बै पक्षतिर बराबरी संख्यामा वा एक दुई कमबेसी उपस्थिती भयो भने त्यसबेला कुनलाई ठिक कुनलाई बेठिक भन्ने ?
सामान्यतया राजनितिमा जो शक्तिमा छ त्यसको कुरा सत्य हुने गर्छ । ओलीले जतिसुकै अलोकप्रिय कदम चालेका भएपनि उनलाई त्यो गर्न बाध्य पार्ने प्रचण्ड–माधव गुट पनि वर्तमान राजनिति संकटका लागि कम दोषी भने छैनन् ।
तर्क कै आधारमा कुरा गर्ने हो भने अहिले पनि केपी ओली ककै तर्क बलिया देखिने स्थिती छ । तर, उनका व्यवहार भने क्षम्य छैनन । न त प्रचण्ड–माधव समूहको रोइलोमा नै कुनै तुक छ । फेरि पनि पार्टीको बहुमत प्रचण्डतिर र अल्पमत ओलीतिर देखिने स्थितीले कसको बैठक वैधानिक र कसको अवैधानिक भन्ने प्रश्नको जवाफ खोज्न अझै केहि दिन व्यतित गर्ने पर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस