aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जब आफ्नै सहकर्मी महिला सांसदमाथि थप्पड हाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
जब आफ्नै सहकर्मी महिला सांसदमाथि थप्पड हाने

एजेन्सी । केन्यामा एक पुरुष सांसदले आफ्नै साथी महिला सांसदलाई थप्पड हानेका छन् । थप्पड हान्ने सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राशिद कासिमले फान्तुमा गेडीको गालामा थप्पड हानेका हुन् ।

राशिदले गेडीमाथि थप्पड हान्नुको कारण संसदीय क्षेत्रको लागि छुट्याईने बजेट रहेको छ । गेडीले राशिदलाई संसदीय क्षेत्रमा गएको बजेट परिचालन गर्ने अनुमति दिएकी थिईनन् । त्यसैको रिसमा राशिदले महिला सांसद गेडीमाथि हमला गरेका हुन् । 

थप्पड हानेपछि सामाजिक सञ्जालमा गेडी रोइरहेको तस्बिर भाइरल बनेको छ । उक्त तस्बिरमा मुखबाट रगत निस्किरहेको देखिन्छ । 
राशिदको पिटाईपछि महिला सांसदहरुले विरोध जनाउन संसदमा वाँकआउट गरे किनकी पुरुष सांसदहरुले उनीहरुको मजाक उडाइरहेका थिए । 

राशिदले संसद भवनको कार पार्किङमा गेडीमाथि थप्पड हानेका थिए । उक्त घटनापछि पुरुष सांसदहरुले महिला सांसदलाई निकै जिस्काइरहेका छन् । केही पुरुष सांसदहरु महिला सांसद नजिकै गएर आज 'थप्पड दिवस' हो भन्दै जिस्किए ।

उनीहरुले महिला सांसदलाई आफ्नो औकातमा बस्न समेत सचेत गराएका थिए । थप्पडपछि पुरुष सांसदहरु निकै उग्र बनेका छन् । उनीहरुले पुरुषसँग कसरी बोल्ने त्यो सिक्ने भन्दै महिला सांसदलाई सम्झाएका थिए । 

प्रतिक्रिया दिनुहोस