aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आखिर एक दिनमा कति पानी पिउने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
आखिर एक दिनमा कति पानी पिउने ?

काठमाडौं । 'हामीले दैनिक आठ गिलास वा दुई लिटर पानी पिउनुपर्छ । यो यस्तै सल्लाह धेरै मिल्छ । जल नै जीवन हो ।' पानी हाम्रो जीवनको लागि निकै महत्वपूर्ण हो । त्यसैले बढी भन्दा बढी पानी पिउनुपर्छ । तर, पानी धेरै पिउनुपर्छ भन्ने मान्यता सधै थिएन् । 

१९ औं शताब्दीको सुरुवातसम्म पनि पानी पिउनु नराम्रो मानिन्थ्यो । समाजमा मानिसहरु पानी पिउनु एकदमै नराम्रो मान्थ्ये । उनीहरुलाई पेट पानीले भर्नु भनेको गरिबहरुको काम हो भन्ने लाग्थ्यो । उनी उनीहरुको शानको विरुद्ध थियो । 

तर आज ब्रिटेनमा मानिसहरु धेरै पानी पिइरहेका छन् । त्यस्तै अमेरिकामा पानी माग पनि अत्यधिक छ । नेपालीहरु धेरै पानी पिउन थालेका छन् । पिउन पनि किन नपिउन त ? बढी भन्दा बढी पानी पिउने सल्लाह मिलिरहेको हुन्छ । 

बढी पानी पिउनु राम्रो स्वास्थ्यको राज, सुन्दर त्वचाको कारण भनिन्छ । यसको साथ साथै धेरै पानी पिएर क्यान्सरबाट पनि बचाउँन सकिन्छ भन्ने कुराहरु निकै चर्चामा छन् । लण्डनको मेट्रोमा जाने यात्रुहरुलाई साथमा पानी लिएर जान सल्लाह दिईनछ । ब्रिटेमा पानी बिना कुनै कुरा पनि अगाडि बढिरहेको छैन् । 

मानिसहरु भन्दै आएका छन्, कि हरेक दिन कम से कम ८ गिलास अथवा २४० मिलिलिटर पानी पिउनुपर्छ । तर यो नियम कहाँबाट आयो ? यसको सल्लाह कसले दियो ? किनकी कसैले रिसर्च वा वैज्ञानिकहरुले यो दावी गरेका छैनन् । यति हुँदा हुँदै पनि मानिसहरु किन धेरै पानी पिउनुको पछाडि किन लागिरहेका छन् । 

यसको राज पुरानो सन्देसहरुमा लुकेको छ । १९४५ मा अमेरिकाको फूड एण्ड न्युट्रेशन बोर्ड अफ नेशनल रिसर्च काउन्सिलले युवाहरुलाई सल्लाह दियो कि प्रत्येक क्यालोरी खाएपछि पचाउनको लागि एक मिलीलिटर पानी पिउनुहोस । 

यसको मतलब २ हजार क्यालोरी आवश्यक पर्ने महिलालाई दैनिक दुई लिटर पानी चाहिन्छ । भने २५०० क्यालोरी लिने पुरुषले दुई लिटरभन्दा बढी पानी पिउनुपर्ने हुन्छ ।  

यो सिधा पानी मात्र होईन्, यसमा फुलफूल, तरकारी तथा अन्य पेय पदार्थबाट मिलेको पानी पनि समावेश गरिएको हो । फलफुल तथा तरिकारीमा ९८ प्रतिशतसम्म पानी हुनसक्छ । यो सँगसँगै १९७४ मा मार्गरेट मेक्कियिम्स तथा फ्रेडरिक स्टेयरको किताबमा न्यूट्रेशन फर गुड हेल्थमा हरेक वयस्कले प्रत्येक दिन ८ गिलास पानी चाहिने उल्लेख गरेका थिए । तर उसको अर्थात कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस