
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष समयावधि बाँकी रह्दै संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरे । २० अर्ब रुपैयाँ खर्च गरेर चुनिएका जनप्रतिनिधिलाई अपदस्त गर्दै प्रधानमन्त्री ओलीले मध्यावधि चुनावको घोषणा गरेका हुन् । आगामी २०७८ वैशाख १७ र २७ मा गरी दुई चरणमा निर्वाचनको मिति तय भएको छ ।
चुनाव घोषणासँगै कोभिड खोपको खर्च जोह गर्दै गरेको अर्थ मन्त्रालयलाई चुनावका लागि समेत रकम जोह गर्नुपर्ने देखिएको छ । दाता तथा जनप्रतिनिधिको समेत गरी खर्ब रुपैयाँ चुनावका लागि खर्च भएको अनुमान २०७४ मंसिरमा नै गरिएको थियो । अब चुनाव गर्दा सो खर्चले भ्याउने अवस्था छैन । कोभिड खोप नेपाल भित्र्याउन करिब ४० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थ मन्त्रालयललाई प्रमको यो निर्णयले स्रोत जोह गर्न अझ कठिन पर्ने देखिएको छ । ३ वर्ष अगाडिको चुनावमा २० अर्ब रुपैयाँ सम्पन्न भएको चुनाव अब त्यहि खर्चले पुग्ने देखिदैन । अबको चुनावमा कम्तीमा पनि २५ देखि ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्न थालिसकिएको छ ।
यद्यपि पूर्व अर्थ सचिव शान्तराज सुवेदी भने अब गर्ने भनिएको चुनावमा २० अर्ब खर्चको जोह गर्नुपर्ने बताउँछन् । ‘यस अघिको चुनावका चुनावी प्रयोजनका लागि प्रयोग हुने मेसिनरी उपकरणहरू खरिद गरिसकेकाले खर्च धेरै बढ्दैन,’ उनले भने ‘ चुनावका लागि सेक्युरिटी फोर्समा भने अगाडिकोभन्दा बढी खर्च लाग्ने देखिन्छ ।’
कोभिडका कारण ‘डिम’ अवस्थामा रहेको अर्थतन्त्र भने चलायमान हुन्छ । गाउँसम्म पैसाको फ्लो हुन्छ । यसले उपभोग बढाउँछ । उपभोग बढ्नु भनेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्नु हो ,’ उनले थपे ‘ चुनावका कति पैसा खर्च हुन्छ भनेर त अनुमानै गर्न सकिदैन, यो खर्च अकल्पनीय हुन्छ । हामीले मात्र सरकारी ट्रेजरीबाट हुने खर्चको हिसाव गर्ने हो ।
महामारीका कारण अर्थतन्त्र त्यति चलायमान हुन नसक्दा सिंगो देश नै संकटमा छ । खर्चको तुलनामा राजस्व संकलन हुन सकिरहेको छैन । वैदेशिक सहयोगमा अनुदानभन्दा ऋणको हिस्सा बढी छ । भर्खरै राष्ट्रिय योजना आयोगले गरेको एक सर्वेक्षणले कोभिडकै कारण १५ लाखभन्दा बढी मानिस रोजगारी गुमेको देखाएको छ । यो अवस्था हाम्रोमात्रै होइन, विश्व पुँजीवाद भनिएका मुलुकमा पनि देखिएको छ । खर्चको जोह गर्न कठिन भएकै अवस्थामा प्रम ओली सरकारले निर्वाचन गर्ने तयारी गरेका छन् ।
कोभिड महामारीका कारण देश नै आक्रान्त बनिरहेका बेला संसदको म्याद दुई वर्ष बाँकी छँदै प्रधानमन्त्री ओलीले निर्वाचनको मितितय गरेका हुन् । अहिले मूल्य बढेको छ । सहजता छैन । मानिसहरू त्रासमा छन् ।कोभिड महामारीले विश्व नै आक्रान्त भएकोले सहयोगको अपेक्षा गर्ने ठाउँ पनि त्यति देखिदैन छैन ।
सरकारले यदि यो विषम परिस्थितिमा चुनाव गर्ने हो भने कोभिड खोपको लागि कम्तीमा ४० अर्ब र चुनावको लागि कम्तीमा २० देखि २५ लाख खर्चको जोह गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस