_20201222102406.jpg)
काठमाडौं । आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको बैठकले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए ।
बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकलाई अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस