
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले पार्टी एकता हुँदा तोकिएका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर नयाँ प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिईएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो । प्रवक्ताको जिम्मेवारी खोसिएका श्रेष्ठ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट नेताहरुको बैठकमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस