
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (ओली गुट) का नयाँ केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई कार्यगत प्रशिक्षण संचालन हुने भएको छ । ओली गुटका प्रवक्ता प्रदिप ज्ञावलीले जारी गरेको सूचनाका अनुसार सुदूरपश्चिम प्रदेश लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै, कर्णाली प्रदेश( शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेश विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा रहेने छन् ।
त्यस्तै, गण्डकी प्रदेश टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेश ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिने छन् ।
्त्यसैगरि, प्रदेश नं २ ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, प्रदेश नं १ सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा.शिवमाया तुम्वाहाम्फे रहने छन् । उक्त प्रशिक्षण हुने समय र मिति भने खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस