aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नयाँ रुपको कोरोना नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने तयारी

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, ०९ पुस २०७७
नयाँ रुपको कोरोना नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने तयारी

काठमाडौं । सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो ।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम ९जेनेटिक सिकेन्स० अध्ययन गरिने जानकारी दिए ।  ‘हामीले बिहीबारदेखि नै सम्भावित संक्रमितको खोजीलाई अगाडि बढाउनेछौं,’ ज्ञवालीले भने ।  

कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले बेलायतमा देखिएको नयाँ स्टे«नको पनि सम्भावना देखिएकाले थप भाइरसका नमुना समेटेर अध्ययन गर्न लागेको हो । ‘यसपटक कम्तीमा पनि ५० भन्दा बढी नमुनाको अध्ययन गर्ने तयारी रहेको र यसबारे थप गृहकार्य बिहीबारबाटै गर्नेछौं,’ ज्ञवालीले भने । 

प्रतिक्रिया दिनुहोस