
काठमाडौं । जुवातास खेलिरहेको अबस्थाबाट ३२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने सिन्धुपाल्चोक लिखु गाउँपालिका २ घर भएका ३४ वर्षीय बुद्ध कुमार तामाङले संचालन गरेको काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत गरी ७ जनालाई नगद ३९ हजार १ सय ७५ रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै, तेह्रथुम, म्याङलुङ नगरपालिका-३ नागदहस्थित गंगाराम श्रेष्ठ र सोही नगरपालिका-६ जिरिखिम्ती बस्ने भिम प्रसाद लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ९४ हजार १ सय ७५ रुपैयाँ र ९ सय ७४ तासको पत्ति सहित दुवै घर धनी समेत १७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कास्की, पोखरा महानगरपालिका-८ न्युरोडस्थित होटल न्युरोड ईनमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने ४६ वर्षीय शरण त्रिपाठी समेत ८ जनालाई नगद ७६ हजार १ सय ६५ रुपैयाँ सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस