aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ओलीले हेट गर्ने पार्टीका मान्छे छानीछानी मन्त्री, श्रीमानलाई चिड्याउन श्रीमतिलाई मन्त्रीपद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ पुस २०७७
ओलीले हेट गर्ने पार्टीका मान्छे छानीछानी मन्त्री, श्रीमानलाई चिड्याउन श्रीमतिलाई मन्त्रीपद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा अधिकांश नयाँ अनुहार र मोआवादी केन्द्रबाट आएका रहेको छन । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन ।  प्रम ओलीले यस पटक मन्त्रीपरिषद विस्तारमा नेकपा माओवादी केन्द्रका नेताहरुलाई पहिलो प्राथमिकतामा राखेरका छन् । उनले विस्तार गरेको मन्त्रीपरिषदमा 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझी मोओवादी केन्द्रबाट यसभन्दा पहिला पनि  उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हाललेका थिए । त्यस्तै शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो ।

तीन पटक सांसद र संसदीय समितिको सभापति  रहिसकाका छन्  ।  उनी पनि माओवादी केन्द्रबाट नेकपामा गएका नेता हुन । जनवादी गीत मार्फत जनयुद्धलाई उत्साह थप्ने मणी थापा  खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न मौका पाएका छन् ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका छन । यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालको थिए ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद हुन।

 वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक मन्त्री बनेकी हुन । उनी नेकपाका अर्का नेता रघुविर महासेठकी श्रीमति हुन । महासेठ प्रचण्ड माधव गुटमा रहेका छन् । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषदमा सामेल भएका हुन ।

प्रतिक्रिया दिनुहोस