
भैरहवा । रास्ट्रिय प्रजातन्त्र पाटि (राप्रपा) लुम्बिनी प्रदेश कार्यसमिति प्रवक्तालाई जिल्ला कार्यसमिति प्रवक्ताले कारबाहि गरेको बिषय यतिबेला चर्चाको बिषय रहेको छ ।
पाटिका लुम्बिनी प्रदेश कार्यसमिति प्रवक्ता रबिकुमार रौनियारलाई रुपन्देही जिल्ला प्रवक्ताले कारबाही गरेको भन्दै हिजो दिउसो विज्ञप्ति आएको थियो । राप्रपाको विद्यमान बिधान अनुसार माथिल्लो कमिटिमा रहेकोलाई तल्लो कमिटिले कारबाहि गर्न मिल्दैन ।
यद्यपि युवा नेता रौनियारले पौष १० गते नै राजिनामा दिएका थिए । उनले पत्रकार सम्मेलन आयोजना गरि राजिनामाको बिषयमा भने, 'बिक्रम सम्बत २०६६ सालदेखि मैले राप्रपामा राजनितिक जिवनको शुरुवात गरेको थिए । राप्रपा फुट्दा वा एकीकरण हुदा मैले जिम्मवार ढंगले काम गरे ।केहिदिन देखि एउटा समुहले म माथि प्रहार गर्न थाले । यहाँ बसेर दासत्व स्विकार गर्न सकेन । र, राजिनामा दिने घोषणा गरे । पुस १० गते मैले पाटि कार्यलयमा राजिनामा बुझाएको हुं ।'
उनले केही ब्यक्तिले आफ्नो चरित्र हत्या गर्ने प्रयास समेत गरेको पनि बताए । उनले भने, 'म बिरुद्ध दुस्प्रचार गरियो । म प्रदेश प्रवक्ताको जिम्मेवारीमा रहेकोलाई जिल्लाको प्रवक्ताले कारबाहि गर्न मिल्छ ?'रौनियारले अगाडि भने,'मैले पौष १० गते बिहान ११र ३० मा राजिनामा पेश गरे तर ९ गते दर्ता गरेको छ । जहाँ मैले ११ बर्ष बिताए त्यहि मलाई जालझेल गरियो ।'
राप्रपा जिल्ला प्रवक्ता पुनाराम पोखरेलले रुपन्देही जिल्ला कार्यसमितिको निर्णय अनुसार कारबाहि गरिएको बताए । पोखरेलले भने, 'हिजो बैठक थियो । ड्राफ्ट तयार भईसकेको रहेछ , मैले हस्ताक्षर मात्रै गरेको हुं ।'
गत मंसिर २५ गते हिन्दु रास्ट्र राजसंस्थाको पुनर्स्थापनाको माग हजारौ युवाहरुको सहभागितामा र्यालि निस्केको थियो । राप्रपाको एजेन्डा अनुसार गरिएको उक्त कार्यक्रम पश्चात् पाटिभित्रैबाट उनलाई असहयोग थालिएको थियो । उनले भने,'मैले पाटिकोलागि निस्वार्थ काम गरे । तर जब युवाले आवज उठाउन थालियो ।तब कारबाहि गरियो । यसरी यो पाटिमा युवा टिक्नै सक्दैन । राप्रपामा युवाहरुलाई प्रयोगको बस्तु मात्रै बनाईदो रहेछ । यसैले म हिजोदेखि नै अलग भएको हुं ।'
प्रतिक्रिया दिनुहोस