aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेसहित तीन मन्त्रीले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेसहित तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रदेश १ का तीन मन्त्रीहरुले आइतबार बिहान राजीनामा दिएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको हुन् । 

आइतबार बिहान तीन मन्त्रीले वर्तमान राष्ट्रिय राजनितिमा घटेको घटनाक्रमका कारणले प्रदेश सरकारको मन्त्रीको जिम्मेवारमा रहि काम गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका हुन् ।  

प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आज मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस