aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

काठमाडौं महानगरले थप २ वटा ब्रुमर २ करोड २७ लाखमा ल्यायाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
काठमाडौं महानगरले थप २ वटा ब्रुमर २ करोड २७ लाखमा ल्यायाे

काठमाढडाैं । चीनबाट काठमाडौं महानगरपालिकालाई २ वटा ब्रुमर ल्याएका छन् । उक्त ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बार्इ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन रहेका छन् ।

गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । 

धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । 

९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ हो ।
 

प्रतिक्रिया दिनुहोस